विश्व

बेलायतले युक्रेनलाई ‘स्टोर्म स्याडो’ मिसाइल दिने घोषणा

काठमाडौँ । बेलायतले रुसी आक्रमणबाट बचाउन युक्रेनलाई लामो दूरीको क्रुज मिसाइलहरू पठाउने घोषणा गरेको छ ।

बेलायती रक्षामन्त्री बेन वालेसका अनुसार बेलायतले युक्रेनलाई ‘स्टोर्म स्याडो’ मिसाइल सहयोग गर्ने भएको हो ।

‘स्टर्म स्याडो’ सँग लामो दूरीमा लक्ष्यहरू संलग्न गर्न सक्ने क्षमता छ र यसले २५० किलोमिटरभन्दा टाढासम्म आक्रमण गर्न सक्ने बताइएको छ । यो विमानबाट निकाल्न सकिन्छ । बेलायतले यी क्षेप्यास्त्रको आपूर्तिले युक्रेनलाई आफ्नो क्षेत्रबाट रुसी सेनालाई पछाडि धकेल्न मद्दत गर्ने बताएको छ । हाउस अफ कमन्समा एक बयानमा रक्षा सचिव वालेसले भने- ‘आज, म पुष्टि गर्न सक्छु कि बेलायतले युक्रेनलाई ‘स्टर्म स्याडो’ मिसाइलहरू सहयोग गरेको छ । यी हतियार प्रणालीहरूको सहयोगले युक्रेनलाई रुसको निरन्तर क्रूरताविरुद्ध आफ्नो रक्षा गर्ने उत्तम मौका दिनेछ ।’

रक्षामन्त्री वालेसले भने- ‘युक्रेनसँग यसको (आक्रमण) विरुद्ध आफ्नो रक्षा गर्ने अधिकार छ । ‘स्ट्रम स्याडो’ को प्रयोग गरेर, युक्रेनले आफ्नो सार्वभौम क्षेत्रबाट रुसी सेनालाई पछाडि धकेल्नेछ ।’

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले गत वर्ष देशको द्वन्द्व सुरु भएदेखि नै त्यस्ता हतियारहरू खोज्दै आएका छन्, तर उनका अन्तर्राष्ट्रिय समर्थकहरूले उनलाई लामो दूरीका हतियारहरू उपलब्ध गराउन अनिच्छुक रहदै आएका थिए । तर वालेसले रूसले जानाजानी नागरिक पूर्वाधारलाई लक्षित गरिरहेपछि प्रधानमन्त्री ऋषि सुनकले यी मिसाइल युक्रेनलाई दिने निर्णय गरको बताएका छन् ।

यस वर्ष, रूसी नेतृत्वले व्यवस्थित रूपमा बम, मिसाइल र ड्रोनहरूद्वारा नागरिक र नागरिक पूर्वाधारलाई लक्षित गर्न जारी राखेपछि बेलायतले चेतावनी दिएको थियो । अघिल्लो छ महिनाको तुलनामा जनवरीमा रुसले युक्रेनमा धेरै अस्पतालहरू लक्षित गरेको रक्षामन्त्री वालेसले बताएका छन् । वालेसले गत वर्ष डिसेम्बरमा आफ्ना रूसी समकक्ष, सर्गेई शोइगुलाई पत्र लेखेर चेतावनी दिदै त्यस्ता थप पूर्वाधार आक्रमणहरू भएमा बेलायतले युक्रेनलाई थप घातक हतियारहरू सहयोग गर्ने बताएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *