खेलकुद

वेस्टइण्डिजद्वारा विश्वकप क्वालिफायर खेल्ने टिमको घोषणा

काठमाडौँ । वेस्टइण्डिजले विश्वकप क्वालिफायर खेल्ने टिमको घोषणा गरेको छ ।

आगामी जुलाईमा जिम्बाबेमा हुने विश्वकप क्वालिफायरका लागि वेस्टइण्डिजले साइ होपको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको छ ।

जसमा साइ होप (कप्तान), रोमन पावेल (उपकप्तान), शमरह ब्रूक्स, यानिक कारियाह, कीची कार्टी, रोस्टन चेज, जासन होल्डर, अकील होसेइन, ब्राण्डन किंग, कील मेयर्स, गुडाकेश मोटी, कीमो पाउल, निकोलस पुरन, रमारियो शेफर्ड रहेका छन् ।

जुलाईमा विश्वकप क्वालिफायर्स खेल्नु अघि वेस्टइण्डिजले युएईसँग तीन खेलको एकदिवसीय सिरिज खेल्दै छ । जुन ५, ७ र ९ मा शारजाहामा यो सिरिज हुने छ । यसलाई विश्वकप क्वालिफायर्सको तयारी खेलको रुपमा हेरिएको छ ।

विश्वकप क्वालिफायर्समा वेस्टइण्डिजसहित आयरल्याण्ड, नेदरल्याण्डस, श्रीलंका,जिम्बाबे, स्कटल्याण्ड, ओमान, नेपाल, युएई र अमेरिका खेल्दै छन् ।

विश्वकप क्वालिफायरमा शिर्ष दुई टिम सिधै विश्वकपमा छानिने छन् ।

आइसीसीले विश्वकप क्वालिफायर जुलाईमा हुने भने पनि यसको विस्तृत तालिका भने अझै सार्बजनिक गरेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *