खेलकुद

फ्रेन्ड्सलाई हराउँदै जावलाखेल शिर्ष स्थानमा उक्लियो

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले फेन्ड्स क्लबमाथि शानदार जित निकालेको छ ।

बिहीबार च्यासल मैदानमा भएको खेलमा जावलाखेलले फ्रेन्ड्सलाई ४–१ गोल अन्तरले हराएको हो ।

फ्रेन्ड्समाथि शानदार जित सहित जावलाखेल लिग तालिकाको शीर्ष स्थानमा फर्किएको छ ।

जावलाखेलका लागि खेलको २० औं मिनेटमा राहुलले गोल गरे । २६ औं मिनेटमा एनकोटो मासाबीले थप एक गोल गरे ।

खेल सकिन ११ मिनेट अघि श्याम बाबु कक्षपतीले गोल गर्दै अन्तरलाई घटाउने काम गरेका थिए । तर इन्जुरी समयमा फोडे फोफानाले गोल गर्दै जावलाखेललाई फराकिलो जित दिलाए ।

जितसँगै उपाधि होडमा जावलाखेलले बलियो दाबेदारीता प्रस्तुत गरेको छ । फ्रेन्ड्समाथि रेलिगेशनको डर अझैपनि यथावत रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *