काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुदै छन् । आज दुवै खेल अपराहन्न ३ बजेदेखि हुदै छन् ।
एन्फा कम्प्लेक्समा मछिन्द्र क्लब र चर्च ब्वाइज युनाइटेडबीच खेल हुदै छ ।
जारी लिगमा चर्च ब्वाइज १५ खेलमा २७ अंकसहित शिर्ष स्थानमा छ भने मछिन्द्र १५ खेलमा २४ अंकसहित चौथो स्थानमा रहेको छ ।
त्यस्तै दशरथ रंगशालामा विभागीय भिडन्त हुदै छ । जसमा एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने छन् ।
जारी लिगमा त्रिभुवन आर्मी क्लबको १५ खेलमा २१ अंक छ र लिगमा छैटौं स्थानमा रहेको छ ।
त्यस्तै एपीएफ क्लबको १५ खेलमा १९ अंक छ र लिगमा ११औं स्थानमा रहेको छ ।




