खेलकुद

बराबरीमा रोकिए थ्री स्टार र एनआरटी

काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत थ्री स्टार क्लब र एनआरटी क्लब बराबरीमा रोकिएका छन् ।

मंगलबार दशरथ रंगशालामा सम्पन्न खेलमा थ्री स्टार र एनआरटी गोलरहित बराबरीमा रोकिएका हुन् ।

यो बराबरीपछि थ्री स्टारले लिगको शिर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । थ्रीस्टारको १६ खेलमा २५ अंक भएको छ र लिगमा दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै एनआरटीको १६ खेलमा १८ अंक भएको छ र लिगमा ११औं स्थानमा उक्लिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *