खेलकुद

मेस्सी लाउरेस अवार्डबाट सम्मानित

काठमाडौं । अर्जेन्टिनी स्टार लियोनल मेस्सी लाउरेस अवार्डबाट सम्मानित भएका छन् ।

फ्रान्सको राजधानी सहर पेरिसमा मेस्सीलाई वर्ष उत्कृष्ट खेलाडीको पुरस्कार जितेका हुन् । उनले यसअघि सन् २०२० मा फ्रान्सको प्रतिष्ठित अवार्ड जितेका थिए । यस्तै कतार विश्वकप २०२२ को विजेता अर्जेन्टिना वर्ष उत्कृष्ट टिम घोषित भयो ।

मेस्सी विधागत र समूहगत रुपमा उत्कृष्ट हुने पहिलो खेलाडीसमेत बनेका छन् । यस्तै महिलातर्फ जमाइक धावक सेलिन एन फ्रासर प्रेस उत्कृष्ट अवार्ड जित्न सफल भइन् । यस्तै स्पेनिस युवा स्टार खेलाडी कार्लोस अल्काराज उदयीमान खेलाडीको पुरस्कार अर्थात लाउरेस ब्रेकथुर अफ दि इएर घोषित भए ।

युरो २०२० मा कार्डिक अरेष्ट भएपछि पुन: फिट भएर मैदान फर्किएका डेनिस खेलाडी क्रिस्टेन एरिसनले लाउरेस वर्ल्ड कमब्याक अफ दि इएरको अवार्ड जित्न सफल भए ।

लाउरेस वर्ल्ड स्पोर्ट अवार्डमा मनोनीत हुनेहरु ग्लोबल मिडियाद्वारा छनोट हुन्छन् । तर विजेताहरु लाउरेस वर्ल्ड स्पोर्टस एकेडेमीका ७१ सदस्यले निर्धारण गर्नेछन् । विश्व खेलकुदको प्रतिष्ठित अवार्ड मध्येको एक यो पुरस्कार सन् २००० देखि हरेक वर्ष हुँदै आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *