काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत मनाङ मस्र्याङ्दी क्लब नेपाल पुलिस क्लबसँग बराबरीमा रोकिएको छ ।
सोमबार एन्फा कम्लेक्स सातदोबाटोमा सम्पन्न खेलमा मनाङ मर्स्याङ्दी र पुलिस क्लब २-२ गोलको बराबरीमा रोकिएका हुन् ।
मनाङका लागि रोशन राना मगर र सइद आजमल डाभोल्टातेजनोले एक एक गोल गरेका थिए भने नेपाल पुलिसका लागि अहमद हिजाजीले दुवै गोल गरेका थिए ।
यो बराबरीपछि मनाङ मर्स्याङ्दीको १६ खेलबाट २० अंक भएको छ र लिगमा आठौं स्थानमा छ ।
त्यस्तै नेपाल पुलिसक्लबको १६ खेलमा १६ अंक भएको छ र लिगमा पुछारमा रहेको छ ।




