विश्व

भारतमा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु, दर्जनौं घाइते

एजेन्सी । भारतको केरलामा यात्रुबाहक डुंगा पल्टिंदा २१ जनाको मृत्यु भएको छ ।

केरलाको मलप्पुरम जिल्लाको तनुर क्षेत्रको समुद्रमा आइतबार राति पर्यटक डुंगा पल्टिएको हो । मृतकहरुमा अधिकांश बालबालिका रहेका छन् । दर्जन बढीलाई जिवित्तै उद्धार गरी अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ ।

छुट्टी मनाउन गएकाहरु बोकेको डुंगा दुर्घटना भएको र डुंगामा ४० जना भन्दा बढी रहेको जनाइएकाे छ । आइतबार रातभर खोजतलास तथा उद्धार कार्य जारी राखिएको थियो । अहिले पनि खोजतलास जारी रहेकाले क्षतिको यकिन विवरण आइनसकेको केरला सरकारले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *