काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत चर्च ब्वाइज युनाइटेडले फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ ।
बुधबार दशरथ रंगशालामा सम्पन्न खेलमा चर्च ब्वाइजले फ्रेन्ड्स क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
१-० गोलले पछि परेको चर्च ब्वाइजले खेलको अन्तिम समयमा कमब्याक गर्दै २-१ को जित हासिल गरेको थियो ।
चर्च ब्वाइजका लागि अन्जन विष्टले खेलको ८७औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै खेल बराबरी गरेका थिए भने खेलको ९१औ मिनेटमा आशिष चापागाईंले गोल गर्दै जित दिलाएका थिए ।
यसअघि खेलको १४औं मिनेटमा बेन नाश क्वानसाहको गोलमा फ्रेन्ड्स क्लबले शुरुवाती अग्रता लिएको थियो ।
यो जितपछि चर्च ब्वाइजको १४ खेलमा २४ अंक भएको छ र लिगमा दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै फ्रेन्ड्स क्लबको भने १४ खेलमा १५ अंक रहेको छ ।




