खेलकुद

फेरी हार्यो चेल्सी, जितसँगै आर्सनल शिर्ष स्थानमा उक्लियो

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले चेल्सीलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा आर्सनलले चेल्सीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा मार्टिन ओडेगार्डले २ गोल गरे भने गाब्रियल जिससले एक गोल गरेका थिए । त्यस्तै चेल्सीका लागि एक गोल नोनी माडूकेले फर्काएका थिए ।

यो जितपछि आर्सनल फेरी प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको छ । आर्सनलको ३४ खेलमा ७८ अंक रहेको छ ।

त्यस्तै दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको भने २ खेल कम खेल्दै ३२ खेलमा ७६ अंक रहेको छ ।

त्यस्तै चेल्सीले भने लगातर हारको सिलसिला जारी राखेको छ । चेल्सीको पछिल्ला ९ खेलमा यो सातौं हार हो । चेल्सी यस सिजनमा अहिलेसम्म ३३ खेलमा ३९ अंकसहित लिगको १२औं स्थानमा झरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *