खेलकुद

मुम्बईको नाटकीय जित, राजस्थान रोयल्स पराजित

काठमाडौं । इण्डियन प्रिमियर लिगको ऐतिहासिक हजारौं खेलमा मुम्बई इण्डियन्सले आइतबार नाटकीय जित निकालेको छ । टिम डेविभडले अन्तिम ओभरमा लगातार तीन छक्का प्रहार गरेपछि मुम्बईले राजस्थान रोयल्सलाई छ विकेटले पराजित गर्‍यो ।

अस्ट्रेलियाली डाभिडले १४ बलमा ४५ रन बनाए र मुम्बईले १९.३ ओभरमा चार विकेट गुमाएर २ सय १४ रन बनायो । त्यस अगाडि राजस्थानले ओपनर यशस्वी जयसवालको १२४ रनको मदतले सात विकेटमा २ सय १२ रन बनाएको थियो ।

‘प्लेयर अफ द म्याच’ जयसवालले १६ चौका र आठ छक्का प्रहार गरे । तर उनको प्रदर्शन पनि रोजस्थानलाई जित दिलाउन पर्याप्त रहेन् । यो जितपछि मुम्बईको आठ अंक भएको छ । राजस्थानको १० अंक छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *