खेलकुद

लोरिएन्टसँग हार्यो पिएसजी

काठमाडौँ । फेन्च लिग वान अन्तर्गत पिएसजीले लज्जास्पद हार बेहोरेको छ ।

आइतबार राति सम्पन्न खेलमा लोरिएन्टसँग पिएसजी ३-१ गोल अन्तरले हार बेहोरेको हो ।

लोरिएन्टको जितमा एन्जो ली फी, डार्लिन योंग्वा र बाम्बा डीएन्गले एक एक गोल गरेका थिए । त्यस्तै पिएसजीका लागि एक गोल किलीयन एम्बाप्पेले गरेका थिए ।

त्यस्तै यस खेलमा खेलको २०औं मिनेटमा अचरफ हाकिमीले रातो कार्ड पाएर मैदान छोडेपछि पिएसजी १० खेलाडीमा सिमित भएको थियो । हाकिमीले दोहोरो पहेलो कार्ड पाएपछि रातो कार्ड पाएका थिए ।

यो जारी लिगमा पिएसजीको छैटौं हार हो । पिएसजीको यो खेलपछि ३३ खेलमा ७५ अंक रहेको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ ।

त्यस्तै दोस्रो स्थानमा रहेको मार्सेलीको ३२ खेलमा ६७ अंक रहेको छ र पिएसजीभन्दा ८ अंकले पछाडी रहेको छ ।

त्यसैगरी लोरिएन्टको भने यो जितपछि ३३ खेलमा ४८ अंक भएको छ र लिगमा १०औन् स्थानमा उक्लिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *