काठमाडौँ । जर्मनी बुण्डेसलिगा अन्तर्गत बायर्न म्युनिख फेरी शिर्ष स्थानमा उक्लिएको छ ।
आइतबार राति सम्पन्न खेलमा बायर्न म्युनिखले हेर्थलाई २-० गोल अन्तरले पराजित गर्दै लिगको शिर्ष स्थानमा फर्किएको हो ।
बायर्नको जितमा सेर्गी ग्नाब्री र किंग्सले कोम्यानले एक एक गोल गरेका थिए ।
यो जितपछि बायर्नको ३० खेलमा ६२ अंक भएको छ र लिगमा शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै दोस्रो स्थानमा झरेको डोर्टमण्डको ३० खेलमा ६१ अंक रहेको छ ।
त्यसैगरी हेर्थको ३० खेलमा २२ अंक छ र लिगमा पुछारमा रहेको छ ।




