काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा चर्च ब्वाइज युनाईटेगसँग मनाङ मर्स्याङ्दी पराजित भएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार मनाङ चर्च ब्वाइजसँग ३–० ले पराजित भएको हो । जारी लिगमा मनाङको यो छैटौं हार हो ।
चर्च ब्वाइजका लागि अनन्त तामाङ, मौषम सुब्बा र साइमन लिम्बुले एक–एक गोल गरे । चर्च ब्वाइजको यो पाँचौं जित हो । चर्च ब्वाइजले १३ खेलमा २१ अंक जोडेको छ ।
मनाङ पहिलो पटक लगातार ६ खेलमा पराजित भएको हो । मनाङले १३ खेलमा १५ अंक जोडेको छ ।




