खेलकुद

एसीसी प्रिमियम कपः तेस्रो स्थानका लागि कुबेत र ओमान बिच प्रतिस्पर्धा हुदैँ

काठमाडौं । एसीसी प्रिमियम कप क्रिकेटको तेस्रो स्थानका लागिआज प्रतिस्पर्धा हुदैँछ ।

नेपालसँग पराजित कुवेत र संयुक्त अरब इमिरेट (युएई) सँग पराजित ओमान बिच प्रतिस्पर्धा हुन लागेको हो ।

जितको लागि २ सय ८१ रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाईरहदा खेल वर्षाको कारण खेल रोकिन पुगेको थियो । सो खेल रोकिए पछि समुह बिजेता बन्दै नेपाल फाइनलमा प्रवेश गरेको थियो ।

उता, तेस्रो स्थानका लागि प्रतिस्पर्धामा उत्रन लागेको ओमान भने संयुक्त अरब इमिरेटसँग पराजित भएर कुबेतसँग प्रतिस्पर्धामा उत्रन लागेकाे हाे । डकवर्थ लुईस पद्धतिमा २ रनले युएईसँग पराजित ओमानले तेस्रो स्थानका लागि आफनो सम्पुर्ण मेहनत खर्चिने भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *