काठमाडौँ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले कुवेतलाई २८१ रनको लक्ष्य दिएको छ । बर्षाले प्रभावित भएको यो खेल ४२-४२ ओभर खेलाइने भएपछि नेपालले डक वर्थ लुइस नियम अनुसार कुवेतलाई २८१ रनको लक्ष्य दिएको हो ।
नेपालले ४२ ओभरमा ९ विकेट गुमाउदै २८१ रन बनाएको थियो । तर डक वर्थ लुइस नियम अनुसार कुवेतका लागि २८१ रनकै लक्ष्य तय भएको छ ।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ९४ रन बनाए । रोहितले ९५ बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै ९४ रन बनाएर आउट भएका थिए ।
त्यस्तै कुशल मल्लले ५७ रन बनाए भने कुशल भुर्तेलले ४३ रन बनाएका थिए । त्यस्तै आसिफ शेखले ३१, आरिफ शेखले१८ भिम सार्कीले १, सन्दीप लामिछानेले ५ रन, सोमपाल कामीले अविजित १३, ललित राजबंशीले २ र करण केसीले ७ रन बनाएका थिए ।
त्यस्तै कुवेतका बलर मोहमद अस्लाम र अदनान इन्द्रीजले ३-३ विकेट लिए भने यासिन पटेल र साएद मोनिबले एक एक विकेट लिए ।




