खेलकुद

साहुखलको पेनाल्टी मिस हुदा थ्री स्टारमाथि एनआरटीको रोमाञ्चक जित

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत न्युरोड टिम एनआरटीले थ्री स्टारलाई पराजति गरेको छ ।

शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एनआरटीले थ्री स्टार क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

एनआरटीको जितमा खेलको ३७औँ मिनेटमा संजिव विष्टले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

त्यसअघि थ्री स्टारका सन्तोष साहुखलले पेनाल्टी मिस गरेका थिए । उनले खेलको ३५औं मिनेटमा पाएको पेनाल्टी मिस गरेपछि थ्री स्टारले शुरुवाती अग्रता लिने अवसर गुमाएको थियो ।

जारी लिगमा एनआरटीको यो चौंथो जित हो । यो जितपछि एनआरटीको १३ खेलमा १६ अंक भएको छ र लिगमा आठौं स्थानमा रहेको छ ।

त्यस्तै थ्री स्टारको भने यो तेस्रो हार हो । यो हारपछि थ्री स्टारले शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ ।

थ्री स्टारको अब १३ खेलमा २२ अंकसहित लिगमा दोस्रो स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *