काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड र टोटनह्याम बराबरी खेलेका छन् ।
गएराती सम्पन्न खेलमा टोटनह्यामले म्यानचेस्टर युनाइटेडसँग २-२ गोलको बराबरी खेलेको हो ।
पछिल्लो खेलमा ६-१ को लज्जास्पद हार बेहोरेको टोटनह्यामले कमब्याक गर्दै म्यानचेस्टर युनाइटेडलाई २-२ को बराबरीमा रोकेको हो ।
२-० गोल अन्तरले पछि परेको टोटनह्यामले खेलमा कम्ब्याक गर्दै बराबरी गरेको थियो । टोटनह्यामका लागि पेड्रो पारो र सन हेंग मिनले एक एक गोल गरेका थिए । यस अघि खेलको पहिलो हाफमा म्यानचेस्टर युनाइटेडका लागि जाडोन सान्चो र मार्कस राशफोर्डले एक एक गोल गरेको थिए ।
यो बराबरीपछि म्यानचेस्टर युनाइटेडको ३१ खेलमा ६० अंक भएको छ र लिगमा चौथो स्थानमा रहेको छ । त्यस्तै टोटनह्यामको ३३ खेलमा ५४ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा छ ।




