काठमाडौं । एसीसी प्रिमियर कपमा समूह ए को अन्तिम खेलमा नेपालले कतारविरुद्ध टस हारेर पहिला ब्याटिङ गरिरहेको छ ।
यसैक्रममा नेपालले सातौं विकेट गुमाएको छ । आरिफ शेख ११ रन बनाएर आउट भएका छन् । यस अघि सोमपाल कामी ११ रन बनाएर आउट भएका थिए भने कुशल मल्ल ३, कप्तान रोहित पौडेल २७, ओपनर आशिफ सेखले १९, भीम सार्कीले ६ र कुशल भुर्तेल २ रन बनाएर आउट भएका थिए ।
कतारका बलर गायन मुनावीरा, आमिर फारुक र ओवासिस अहमदले २-२ विकेट लिए भने इक्रामुल्लाह अहमदले एक विकेट लिएका छन् । अहिले दिपेन्द्र सिंह ऐरी र गुलशन झा खेलिरहेका छन् ।




