खेलकुद

युभेन्टसलाई हराउदै इन्टर मिलान कोपा इटालियाको फाइनलमा

काठमाडौँ । इन्टर मिलान कोपा इटालियाको फाइनलमा पुगेको छ ।

गएराती सम्पन्न खेलमा इन्टर मिलानले युभेन्टसलाई सेमिफाइनलको दोस्रो लिगमा १-० गोल अन्तरले पराजित गर्दै समग्रमा २-१ को नतिजासहित कोपा इटालियाको फाइनलमा पुगेको हो । यसअघि सम्पन्न पहिलो लिग १-१ गोलको बराबरीमा सकिएको थियो ।

इन्टर मिलानको जितमा फेडेरिक डिमार्कोले खेलको १५औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

अब इन्टर मिलानले फाइनलमा फिओरेन्टिना र क्रेमोनेजबीचको विजेतासँग खेल्ने छ ।

इन्टर मिलान कोपा इटालियाको डिफेन्डिङ च्याम्पियन पनि हो । इन्टरले यसअघि ८ पटक यो उपाधि जितेको छ । यो उपाधि सबैभन्दा बढी जित्ने टिम भने युभेन्टस हो । युभेन्टसले १४ पटक यो उपाधि जितेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *