काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई २१ रनले पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा कोलकोताले दिएको २०१ रनको लक्ष्य पछाएको बैंगलोरले २० ओभरमा ८ विकट गुमाउदै १७९ रन मात्र बनाएपछि खेल २१ रनले हारेको थियो ।
बैंगलोरका लागि कप्तान विराट कोहलीले सर्बाधिक ५४ रन बान्ये भने महिपाल ललोम्रोरले ३४, दिनेश कार्तिकले २२, फाफ डु प्लेसिसले १७ रन बनाएका थिए ।
त्यसैगरी कोलकोताका बलर वरुण चक्रवर्तीले ३ विकेट लिए भने सुयश शर्मा र आन्द्रे रसेलले २-२ विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ५ विकेट गुमाउदै २०० रन बनाएको थियो ।
कोलकोताका लागि जासन रोयले सर्बाधिक ५६ रन बनाए भने कप्तान नितिस राणाले ४८ रन बनाए । त्यस्तै वेंकटेश अय्यरले ३१ रन बनाए भने नारायण जागादीसनले २७, रिंकु सिंहले १८ र डेविड विएसेले १२ रन बनाए ।
त्यस्तै बैंगलोरका बलर वानिन्दु हसरंगा र विजयकुमार वैश्यकले २-२ विकेट लिए भने मोहमद सिराजले एक विकेट लिए ।
जारी आइपिएलमा कोलकोताको यो तेस्रो जित हो । कोलकोताले ८ खेलमा ३ जितसहित ६ अंक हासिल गरेको छ र अंक तालिकामा सातौ स्थानमा रहेको छ । त्यस्तै बैंगलोरको ८ खेलमा ४ जितसहित ८ अंक रहेको छ र अंक तालिकामा चौथो स्थानमा रहेको छ ।




