काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत थ्री स्टार क्लब र मछिन्द्र क्लब बराबरीमा रोकिएका छन् ।
बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा थ्री स्टार र मछिन्द्र गोलरहित बराबरीमा रोकिएका हुन् । यो बराबरीपछि दुवैले एक एक अंक बाँडेका छन् ।
आजको खेलपछि थ्री स्टारको १२ खेलमा २२ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै मछिन्द्रको १२ खेलमा १७ अंक भएको छ र लिगमा छैटौं स्थानमा उक्लिएको छ ।




