खेलकुद

किङ कपबाट बाहिरियो अल नासर, वेहडासँग पराजित

काठमाडौँ । अल नासर साउदी किङ कपबाट बाहिरिएको छ ।

गएराती सम्पन्न सेमिफाइनलको खेलमा अल वेहडासँग १-० गोल अन्तरले पराजित हुदै अल नासर किङ कपबाट बाहिरिएको हो ।

अल वेहडाको जितमा खेलको २३औं मिनेटमा जीन डेविड बीउगुएलले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यस खेलमा अल वेहडाका अब्दुल्ल्ह अल हाफिथले खेलको ५३औं मिनेटमा रातो कार्ड पाएपछि अल वेहडा १० खेलाडीमा सिमित भएको थियो ।

यस खेलमा पनि क्रिस्टियानो रोनाल्डो नेतृत्वको अल नासरले आफ्नो प्रभाव देखाउन सकेन र खेलमा हार बेहोरेको छ । अहिलेसम्म ६ पटक यो उपाधि जितेको अल नासरले सन् १९९० देखि यता किङ कप जित्न सकेको छैन ।

अब अल वेहडाले किङ कपको फाइनलमा अल हिलालको सामना गर्ने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *