खेलकुद

एसीसी प्रिमियर कपमा आज दुई खेल हुदै

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत आज दुई खेल हुदै छन् ।

आज टियु क्रिकेट मैदानमा समुह बि अन्तर्गत कुवेत र सिंगापुरबीचको खेल हुने छ ।

कुवेतले अहिलेसम्म खेलेका २ खेलमा एक जित र एक भार बेहोरेको छ भने सिंगापुरले आफ्ना तिनै खेलमा हार बेहोरेको छ र सेमिफाइनलको दौडबाट बाहिरिइसकेको छ ।

त्यस्तै अर्को खेल मुलपानी क्रिकेट मैदानमा मलेसिया र कतारबीच हुदै छ । मलेसियाले यसअघि ३ खेलमा एक जित र दुई हारसहित २ अंक हासिल गरेको छ भने कतारले यसअघि खेलेका दुवै खेलमा हार बेहोरेको छ । समुह ए बाट मलेसिया र कतार दुवै सेमिफाइनलको दौडबाट बाहिरिइसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *