काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत एपीएफ क्लबले खुमलटार क्लबलाई पराजित गरेको छ ।
सोमबार एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एपीएफ क्लबले खुमलटारलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
एपीएफको जितमा अबडोउ रमानी र अरमान बीडोउमले एक एक गोल गरेका थिए ।
जारी लिगमा एपीएफको यो पाँचौं जित हो । यो जितपछि एपीएफको १२ खेलमा १७ अंक भएको छ र लिगमा पाँचौं स्थानमा उक्लिएको छ ।
त्यस्तै खुमलटारले भने सातौं हार बेहोरेको छ । खुमलटारको यो खेलपछि १२ खेलमा १३ अंक रहेको छ र लिगमा ११औं स्थानमा छ ।




