खेलकुद

आज मुलपानी मैदानमा नेपाल साउदी अरबसँग भिडदै

काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्।

कीर्तिपुरस्थित खेल मैदानमा हङकङ र बहराइन बीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा नेपाल र साउदी अरबका बिचमा बीच प्रतिस्पर्धा हुनेछ।

दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ।

यसअघि भएको खेलमा नेपालले ओमानलाई ८४ रनले हराएको थियो भने साउदी अरबले कतारलाई सात विकेटले हराएकाे थियाे । यसअघिकाे खेलमा बिजेता रहेका दुवै टाेली आज मैदानमा उत्रन लागेका हुन ।

उता हङकङ भने यूएईलाई डीएल पद्धतिमा ६७ रनलाई हराएर बहराइनसँग भिडन लागेको हो भने बहाराइन यस अघिको खेलमा कुवेतसँग दुई विकेटलाई पराजित भएको टिम हाे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *