काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत साविक विजेता मछिन्द्र फुटबल क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ ।
शनिबार च्यासल मैदानमा सम्पन्न खेलमा मछिन्द्रले फ्रेन्ड्स क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
मछिन्द्रको जितमा चेन्चो ग्याल्सेन र देवेन्द्र तामाङले एक एक गोल गरेका हुन् ।
त्यस्तै फ्रेन्ड्सका राफिक अमिनुले एक गोल फर्काएका थिए ।
खेलको ४५औं मिनेटमा भुटानी रोनाल्डोको नामले चिनिने ग्याल्सेनले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए । जारी लिगमा उनको यो पहिलो गोल हो । त्यसपछि खेलको ६३औं मिनेटमा देवेन्द्रले गोल गर्दै मनाङलाई २-० को अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ७६औं मिनेटमा फ्रेन्ड्सका अमिनुले एक गोल फर्काएका थिए ।
जारी लिगमा मछिन्द्रको यो चौंथो जित हो । यस जितपछि मछिन्द्रको ११ खेलमा १६ अंक भएको छ ।
त्यस्तै यो खेलपछि फ्रेन्ड्स क्लबको ११ खेलमा ११ अंक रहेको छ ।




