खेलकुद

गुजरातविरुद्ध राजस्थानको जित

अहमदाबाद । इन्डियन प्रिमियर लिग (आईपीए) मा राजस्थान रोयल्सले चौथो जित हात पारेको छ । राजस्थानले गुजरात टाइटन्सलाई ३ विकेटले हराएको हो ।

अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा आएको गुजरातले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ७७ रन बनायो । डेभिड मिलरले ४६, सुभम गिलले ४५, कप्तान हार्दिक पाण्डेयाले २८ तथा अभिनभ मनहोरले २७ रन जोडे ।

सन्दीप शर्माले दुई विकेट हात पारे । ट्रेन्ट बोल्ट, एडाम जाम्पा तथा युजबिन्द्र चाहलले १ – १ विकेट लिए ।

जवाफमा उत्रिएको राजस्थानले ४ बल बाँकी हुँदा सात विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । १० दशमलब ३ ओभरमा ४ विकेट ५५ रन भएको अवस्थामा कप्तान सन्जु सामसन र सिम्रोन हेटमायरले ५९ रनको साझेदारी गर्दै टिमलाई जिततर्फ डोहोर्‍याएका हुन् । सामसनले ३२ बलमा ६० रन बनाए । आक्रमक पारी खेलेका हेटमायरले २६ बलमा ५६ रनको पारी खेले । मोहम्मद सामीले ३, रासिद खानले २ तथा पाण्डेया र नुर अहम्मदले १ – १ विकेट हात पारे ।

जितसँगै राजस्थान तालिकाको शीर्ष स्थानमा कायमै छ भने दोस्रो स्थानको लखनउसँगको दूरी २ अंकको छ । गुजरात ६ अंकको साथ तेस्रो स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *