खेलकुद

बार्सिलोनालाई हराउदै रियल म्याड्रिड कोपाको फाइनलमा

काठमाडौँ । रियल म्याड्रिड स्पेनिस कोपा डेल रे को फाइनलमा पुगेको छ ।

कोपा अन्तर्गतको एल क्लासिकोमा बार्सिलोनालाई उसकै घरेलु मैदान क्याम्प नेउमा पराजित गर्दै रियल म्याड्रिड यस सिजनको कोपा डेल रे को फाइनलमा पुगेको हो ।

गएराती सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा ४-० गोल अन्तरले पराजित गर्दै समग्रमा रियल म्याड्रिडले ४-१ गोल अन्तरको जित निकालेको थियो ।

यस खेलमा रियल म्याड्रिडको जितमा करिम बेन्जमाले ह्याट्रिक गरेका थिए । बेन्जमाले खेलको ५०, ५८ र ८०औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए । त्यसै गरि एक गोल भिनिसियस जुनियरले गरेका थिए ।

रियल म्याड्रिडका लागि बेन्जमाको यो लगातार दोस्रो ह्याट्रिक हो । उनले यस अघि अप्रिल २ मा ला लिगा अन्तर्गतको खेलमा भल्ला डोलीडविरुद्ध पनि ह्याट्रिक गरेका थिए ।

यस अघि सेमिफाइनलको पहिलो लिगमा बार्सिलोना १-० गोलले विजयी भएको थियो ।

रियल म्याड्रिडले अब कोपाको फाइनलमा ओसासुनाको सामना गर्ने छ । फाइनल खेल मे ६ मा हुने तालिका छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *