काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत संकटा क्लबले खुमालटार युथ क्लबलाई पराजित गरेको छ ।
सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न खेलमा संकटाले १-० गोल अन्तरको जित हासिल गरेको हो ।
संकटाको जितमा खेलको २७औं मिनेटमा जुनियर ओनगुनेले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।
यो जितपछि ६ खेलबाट ९ अंक जोड्दै संकटा पाँचौं स्थानमा उक्लिएको छ भने खुमलटार ६ खेलमा ६ अंकसहित नवौं स्थानमा रहेको छ ।




