काठमाडौँ । युरोकप छनौट अन्तर्गत ईङल्याण्डले विजयी शुरुवात गरेको छ ।
गएराती सम्पन्न खेलमा ईङल्याण्डले इटालीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
ईङल्याण्डको जितमा डेकलान राइस र ह्यारी केनले एक एक गोल गरेका थिए । त्यस्तै इटालीका लागि माटेओ रेटेगुइले एक गोल गरेका थिए ।
यस खेलमा ईङल्याण्डका लुक शाले दोहोरो पहेलो कार्ड पाएपछि खेलको ८०औं मिनेटमा मैदान छोडेपछि ईङल्याण्ड १० खेलाडीमा सिमित भएको थियो ।
यो जितपछि समुह सी मा रहेको ईङल्याण्डले महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।
त्यस्तै यसै समुहमा रहेको नर्थ मासेडोनियाले माल्टालाई २-१ गोल अन्तरले पराजित गर्दै ३ अंक हासिल गरेको छ ।




