खेलकुद

एसिसी प्रिमियर कपको खेल तालिका सार्वजनिक

काठमाडौं।एसिसी प्रिमियर कपको खेल तालिका सार्वजनिक भएको छ। एसियन क्रिकेट काउन्सिल (एसिसी) ले प्रतियोगिता वैशाख ५ देखि वैशाख १८ सम्म कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी मैदानमा हुने खेल तालिका सार्वजनिक गरेको हो।

उक्त तालिका अनुसार उद्घाटन खेलमा नेपाल र मलेसिया भिडने छ। कुल २४ खेल हुने प्रतियोगिताको फाईनल खेल वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ।

नेपालमा आयोजना हुने यस प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहने छ। सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ।

समूह ‘ए’ मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन्। समूह ‘बी’ मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन्।

हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफइनल खेल्ने छन्। सेमिफाइनलका विजेता राष्ट्रले फाइनल खेल्ने छ। फाइनलको विजेता टोली एसीया कपका लागि छनोट हुनेछ। एसीया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ। यस्तै शीर्ष तीनमा रहने टोली एसिया ईमर्जिङ कपका लागि छनोट हुनेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *