काठमाडौँ । जर्मनी बुण्डेसलिगा अन्तर्गत बायर्न म्युनिख पराजित भएको छ ।
गएराती सम्पन्न खेलमा बायर्न म्युनिख बायर लिभरकुसेनले २-१ गोल अन्तरले पराजित गरेको हो ।
लिभरकुसेनको जितमा एक्सेक्वेल पालासिओसले दुई गोल गरेका थिए । उनले दुवै गोल पेनाल्टीबाट गरेका थिए । त्यस्तै बायर्न म्युनिखका लागि जोशुआ किम्चीले एक गोल गरेका थिए ।
यो हारपछि बायर्न म्युनिख लिगमा दोस्रो स्थानमा रहेको छ । बायर्नको २५ खेलमा ५२ अंक रहेको छ । त्यस्तै शिर्ष स्थानमा रहेको बोरुसिया डोर्टमण्ड २५ खेलमा ५३ अंक रहेको छ ।
त्यस्तै लिभरकुसेनको २५ खेलमा ३७ अंक रहेको छ र लिगमा आठौँ स्थानमा रहेको छ ।




