खेलकुद

उपाधि दौडमा रियललाई धक्का

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गतको एल क्लासिको बार्सिलोनाले जितेको छ ।

गएराती क्याम्प नेउमा सम्पन्न खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

यस खेलमा तिनै गोल बार्सिलोनाका खेलाडीले गरेका थिए ।

यस खेलमा रोनाल्डो अराउजोको आत्मघाती गोलबाट खेलको नवौं मिनेटमा रियल म्याड्रिडले शुरुवाति अग्रता लिएको थियो ।

त्यसपछि खेलको ४५औं मिनेटमा सेर्गी रोबेर्टोको गोलमा बार्सिलोनाले बराबरी गोल गरेको थियो ।

बार्सिलोनाका लागि निर्णायक गोल खेलको ९२औं मिनेटमा फ्रेंयाक केस्सेले गरेका थिए ।

रियल म्याड्रिडलाई यो हारले ला लिगा उपाधिको दौडमा ठुलो धक्का लागेको छ । यो जितपछि शिर्ष स्थानमा रहेको बार्सिलोना स्पष्ट १२ अंकले अगाडी भएको छ । बार्सिलोनाको २६ खेलमा ६८ अंक भएको छ भने रियल म्याड्रिडको २६ खेलमा ५६ अंक रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *