खेलकुद

ए डिभिजनका चौथो चरणका खेल हुदै

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा तेस्रो चरणका खेलहरु सकिएका छन् ।

आजदेखि चौथो चरणका खेलहरु शुरु हुदै छन । आज ए डिभिजन लिग अन्तर्गत दुई खेलहरु हुँदैछन् ।

सोमबार अपराहन्न साढे २ बजे हिमालयन शेर्पा क्लब र खुमालटार युथ क्लबबीच च्यासल मैदानमा खेल हुदै छ ।

त्यस्तै दोस्रो खेल सातदोबाटो युथ क्लब र थ्री स्टार क्लबबीच साँझ साढे पाँच बजे दशरथ रंगशालामा खेल हुने छ ।

अहिलेसम्मका तीन खेल सकिदा हिमालयन शेर्पाले ३ खेलमा एक जित, एक बराबरी र एक हारसहित ४ अंक बटुलेको छ भने खुमलटार युथ क्लबले एक जित र दुई हारसहित ३ अंक बटुलेको छ ।

त्यसैगरीसातदोबाटो युथ क्लब तिनै खेलमा अपराजित रहदै ९ अंक बटुलेको छ भने थ्री स्टार क्लबले एक जित, एक बराबरी र एक हार बेहोर्दै ४ अंक बटुलेको छ ।

अहिलेसम्मको अंक तालिका :

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *