काठमाडौं । द्वन्द्वकालीन मुद्दालाई लिएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दाको प्रतिकारका लागि माओवादी शक्तिहरु एकजुट भएका बेलामा तीन दल भने फरक देखिएका छन् ।
माओवादी धारका आठ दलमा चाँडै विभाजन देखिएको छ। यसअघि भएको सहमतिविपरीतको वक्त्व्य निकाल्ने तयारी भएपछि माओवादी धारमा तीन दलले आइतवारको पत्रकार सम्मेलनमा अनुपस्थिति जनाएका छन् ।
अस अघिको बैठकमा आँफू उपस्थिति नभएर अन्य नेताहरुलाई पठाउने गरेका नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले आइतवारको संयुक्त पत्रकार सम्मेलनमा समेत उपस्थित भएनन् ।
सो नेपका बहुमतले पनि असहमति जनाएको छ । बहुमतका अध्यक्ष धर्मेन्द्र बाँस्तोला पनि आइतवारको संयुक्त पत्रकार सम्मेलनमा सामेल भएनन् ।
तत्कालीन माओवादी केन्द्रबाट छुट्टिएर नेकपा माओवादी गठन गरेका गोपाल किराती पनि आइतवारको पत्रकार सम्मेलनमा सहभागी भएका छैनन् ।




