खेलकुद

नेपाललाई छैटौं सफलता, ललितको तेस्रो विकेट

काठमाडौँ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत युएईले नेपालले दिएको २४९ रनको लक्ष्य पछयाइरहेको छ ।

यसैक्रममा युएईले छैटौं विकेट गुमाएको छ ।

नेपाललाई ललित राजबंशीले २९ रन बनाएर खेलिरहेका आयान अफजल खानलाई आउट गर्दै छैटौं विकेट दिलाएका छन् । यस खेलमा उनको यो तेस्रो विकेट हो ।

यसअघि सन्दीप लामिछाने, सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिएका छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *