काठमाडौँ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत युएईले नेपालले दिएको २४९ रनको लक्ष्य पछयाइरहेको छ ।
यसैक्रममा युएईले दोस्रो विकेट गुमाएको छ । नेपाललाई दोस्रो सफलता दिलाउनेक्रममा दिपेन्द्र सिंह ऐरीले युएइका आर्यान लाक्रालाई आउट गरेका हुन् । यस अघि ललित राजबंशीले युएईका विरित्य अरविन्दलाई शुन्यमा आउट गरेका थिए ।
यो समाचार तयार गरुन्जेल युएईले ३ ओभरमा २ विकेट गुमाएर ६ रन बनाएको छ ।




