राजनीति

विवेकशील साझा : १४ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं । विवेकशील साझाले १४ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ। फागुन १५ र २७ मा बसेको केन्द्रीय समिति बैठकबाट केन्द्रीय सदस्यहरू मनोनीत गरेको थियो ।

भक्तपुरका सुरज प्रधान, काठमाडौंका सुरेन्द्र रानाभाट गत फागुन १५ मा बसेको केन्द्रीय समिति बैठकबाट केन्द्रीय सदस्य मनोनीत भएका हुन्।
उपाध्यक्ष प्रकाशचन्द्र परियारका अनुसार पार्टी विधानअनुसार पार्टीमा निरन्तर क्रियाशील रहेका समावेशी, भूगोल र प्रतिबद्धताजस्ता मापदण्डका आधारमा केन्द्रीय सदस्यहरू मनोनीत गरिएको हो ।

गोरखाका नवराज थापा, बाराका रूस्तम अन्सारी, कर्णाली प्रदेशका सूर्यदीप रेग्मी (दीपक), काठमाडौंका चक्र न्यौपाने, निर्जला कक्षपति, सुदूरपश्चिमका हरि भट्ट, काठमाडौंका धनेज थापा, गण्डकीका सरोज गौतम, ललितपुरका मिलन परियार, काठमाडौंका निरञ्जन चापागाईं, गण्डकीका शिशिर बन्जारा, चन्द्र श्रेष्ठलाई केन्द्रीय सदस्यमा मनोतीत गरिएको हो।

बैठकले वृहत्तर छलफलबाट वार्षिक क्यालेन्डर बनाउने र पार्टी गतिविधि तथा अभियान सञ्चालनमा जोड दिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *