खेलकुद

स्पेजियासँग इन्टर मिलान स्तब्ध

काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत इन्टर मिलान स्पेजियासँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा स्पेजियाले इन्टर मिलानलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

स्पेजियाको जितमा डानियल माल्दिनी र एम्बाला एन्जोलाले एक एक गोल गरेका थिए । त्यस्तै इन्टर मिलानका लागि रोमेलु लुकाकाले पेनाल्टीमार्फत एक गोल गरेका थिए । यस खेलमा इन्टर मिलानका लागि लाउतारो मार्टिनजले खेलको १४औं मिनेटमा पेनाल्टी मिस गरेपछि इन्टर मिलानले शुरुवाती अग्रता हासिल गर्ने अवसर गुमाएको थियो ।

यो हारपछि इन्टर मिलानको २६ खेलमा ५० अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेको शिर्ष स्थानमा रहेको नापोलीभन्दा इन्टर मिलान १५ अंकले पछाडी रहेको छ ।

त्यस्तै यो जितपछि स्पेजियाको २६ खेलमा २४ अंक भएको छ र लिगमा १७औं स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *