खेलकुद

पीएनजीले युएईलाई दियो २४७ रनको लक्ष्य

काठमाडौँ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत आज पपुवा न्युगिनी (पिएनजी) ले युएईलाई २४७ नको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको पीएनजीले ५० ओभरमा ९ विकेट गुमाउदै २४६ रन बनाएको हो ।

पीएनजीका लागि ओपनर किप्लिन डोरिगाले ५५, अर्का ओपनर हिरी हिरीले ७७ रन्को योगदान गरेका थिए ।

त्यस्तै सेसे बाउले अविजित ८१ रन बनाए भने चाद सोपर र नोरमान भानुवाले १०-१० रन बनाएका थिए । त्यस्तै कप्तान असाद भाला शुन्यमा आउट भएका थिए भने चार्लेज अमिनी ४, रिले हेकुरे १ रनमा आउट भएका थिए ।

त्यसैगरी युएईका बलर आयान अफजल खानले सर्बाधिक ३ विकेट लिए भने जुनैद सिद्धिकी र जहुर खानले २-२ विकेट लिए भने रोहन मुस्ताफा र कार्थिक मयैप्पनले एक एक विकेट लिए ।

अब २४७ रनको लक्ष्य पाएको युएईले केहि बेरमा जवाफी ब्याटिंग गर्दै छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *