खेलकुद

रियल बेटिसमाथि म्यानचेस्टर युनाइटेडको जित

काठमाडौँ ।युइएफए युरोपा लिग अन्तर्गत राउण्ड १६ को पहिलो लिगमा म्यानचेस्टर युनाइटेडले स्पेनिस क्लब रियल बेटिसलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाईटेडले रियल बेटिसलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर युनाइटेडको जतिमा मार्कश राशफोर्ड, एन्टोनी, ब्रुनो फर्नान्डेज र वोउट वेगवोर्स्टले एक एक गोल गरेका थिए । त्यस्तै रियल बेटिसका लागि एयोजे पेरेजले एक गोल फर्काएका थिए ।

योसँगै पहिलो लिगमा म्यानचेस्टर युनाइटेडले ४-१ को अग्रता लिएको छ ।

अब दोस्रो लिग मार्च १६ मा रियल बेटिसको घरेलु मैदानमा हुने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *