समाचार

यू-१९ विश्वकप छनौट: आज नेपाल र युएईबीच खेल हुदै

काठमाडौँ । युएईमा जारी आईसीसी यु–१९ पुरुष विश्वकपको एशिया छनोट प्रतियोगितामा नेपालले आज युएईको सामना गर्दै छ ।

खेल नेपाली समय अनुसार १०:४५ बजेदेखि शुरु हुने छ । त्यस्तै आज सिंगापुर र कुवेत तथा हङकङ र मलेसियाबीच पनि खेल हुदै छ ।

नेपाल र युएईले यस प्रतियोगितामा पछिल्ला चारै खेल जितेका छन् । त्यसैले आज नेपाल र युएईबीचको विजेता नै यू-१९ विश्वकपमा छनौट हुने छ ।

प्रतियोगितामा नेपालले देव खनालको कप्तानीमा खेलिरहेको छ । प्रतियोगितामा नेपालसहित सिंगापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक युएईको सहभागिता रहेको छ ।

२०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्नका लागि नेपालले यस प्रतियोगिताको शीर्ष स्थानमा रहनु पर्ने छ ।

नेपाली यू–१९ टोलीमा देव खनाल (कप्तान), आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर (विकेटकिपर) दीपक डुम्रे (विकेटकिपर), दीपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, सुवास भण्डारी, विशाल विक्रम केसी र मिलन बोहरा रहेका छन् भने साथै यू-१९ टिमको मुख्य प्रशिक्षक जगत टमाटा रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *