खेलकुद

मलेसिया ७२ रनमा अलआउट

काठमाडौँ । युएईमा जारी आईसीसी यु–१९ पुरुष विश्वकपको एशिया छनोट प्रतियोगिता अन्तर्गत अहिले जारी खेलमा मलेसियाले नेपाललाई ७३ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको मलेसिया ३५.३ ओभरमा अल आउट हुदै ७२ रन मात्र बनाएको हो ।

मलेसियाका लागि मुहमद अक्रमले सर्बाधिक २६ रन बनाए भने मोहमद हैरिल र मुहमद सियाहीरले १२-१२ रन बनाएका थिए । त्यसबाहेक मलेसियाका अन्य ब्याट्सम्यान;ले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

मलेसियालाई सस्तैमा समेट्ने क्रममा दिपेस कँडेलले सर्बाधिक ४ विकेट लिए भने आकश चन्दले ३, मिलन बोहोराले २ र सुबास भण्डारीले एक विकेट लिएका थिए ।

७३ रनको लक्ष्य पाएको नेपालले अब केहीबेरमा जवाफी ब्याटिंग गर्दै छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *