काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको जारी त्रिकोणीय सिरिजमा स्कटल्याण्डले नामिबियालाई ४३ रनले पराजित गरेको छ ।
स्कटल्याण्डले दिएको २२२ रनको लक्ष्य पछाएको नामिबियाले ३८.४ ओभरमा अल आउट हुदै १७८ रन बनाए पछि स्कटल्याण्ड ४३ रनले विजयी भएको हो ।
नामिबियाका लागि लो हान्ड्रे लोउवरेन्सले सर्बाधिक ५२ रन बनाए भने कप्तान गेरहार्डले रासमसले ४३ रन बनाए ।
त्यस्तै जेन ग्रीनले २५ रन बनाए भने शान फोउचे र रुबेन ट्रम्पेलम्यानले १०-१० रन बनाएका थिए ।
त्यस्तै स्कटल्याण्डका बलर मार्क वाटले ४ विकेट लिएका थिए भने माइकल लीस्कले ३, ब्राण्डन म्याकमुलेनले २ र क्रिस ग्रीभ्सले एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले ४८.४ ओभरमा अल आउट हुदै २२१ रन बनाएको थियो ।
स्कटल्याण्डका क्रिस्टोफर म्याकब्रिजले सर्बाधिक ४७ रन बनाएका थिए भने टोमास म्याकिनतोशले ३४ रन बनाएका थिए ।
त्यस्तै कप्तान रिचे बेरिंगटनले ३२ रन बनाए भने माइकल लीस्कले २९, लियाम नायलोरले २०, म्याथ्यु क्रसले १६ , क्रिस ग्रीभ्सले १४ रन र मार्क वाटले १० रन बनाएका थिए ।
त्यस्तै नामिबियाका बलर रुबेन ट्रम्पेलम्यानले सर्बाधिक ५ विकेट लिए भने टांगेनि लुन्गामनीले २ विकेट लिएका थिए । त्यस्तै बेर्नार्ड स्कोल्ज, बेन शिकोन्गो र पिक्की या फ्रान्सले एक एक विकेट लिएका थिए ।
यो जितपछि स्कटल्याण्डको आईसीसी क्रिकेट विश्वकप लिग टु मा ३५ खेलमा ५० अंक भएको छ र अंक तालिकामा शिर्ष स्थानमा रहेको छ ।
त्यस्तै नामिबियाले भने यस सिरिजका चारै खेलमा हार बेहोरेको छ । नामिबियाको ३४ खेलमा ३७ अंक छ र लिगमातेस्रो स्थानमा रहेको छ ।




