काठमाडौं । रौतहटका एक सञ्चारकर्मीले शिलान्यास भएको ८ वर्ष बितिसक्दा पनि पुल निर्माण नभएको भन्दै आमरण अनशनमा बसेका छन् ।
गौर नगरपालिका–४ टिकुलियामा रहेको लालबकैया नदीको पुल आठ वर्ष सम्म पनि पुलको निर्माण कार्य सम्पन्न नभएपछि स्थायीहरुले भोग्नुपरेको समस्याको समाधानको माग राख्दै उनले आमरण अनसन थालेका हुन् । उनी हिँजो साँझबाट आमरण अनसन बसेका हुुन् ।
२०७१ साल कात्तिक २९ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले गौर नगरपालिका–४ टिकुलिया घाटस्थित लालबकैया नदीमा बन्ने पक्की पुलको निर्माण गर्ने जिम्मा पप्पु कन्सन्ट्रक्सनले दिएको थियो तर लामो समयसम्म पनि उक्त पुनको निमार्णकार्य सम्पन्न हुन सकेको छैन । यस विषयमा स्थानीयहरु कसैको पनि चासो नभएको उनले बताएका छन् ।
२०७४ असारसम्ममा निर्माण सम्पन्न हुनुपर्ने पुल शिलान्यास भएको ८ वर्ष बितिसकेको छ । सो पुलको निमार्ण कार्य भने ५० प्रतिशत भन्दा बढी काम सम्पन्न हुन सकेको छैन । २२५ मिटर लामो सो पुल १६ करोड ८६ लाखको लागतमा निर्माण हुने योजना थियो ।
पप्पु कन्सन्ट्रक्सनले काम नगरेपछि सडक डिभिजन कार्यालयले सो ठेक्का रद्ध गरेको थियो । त्यसपछि अहिले सम्म कुनै पनि टेन्डर आहन गरेको छैन ।




