काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत युभेन्टसले फिओरेन्टिनालाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा युभेन्टसले फिओरेन्टिनालाई १-० गोल अन्तरले पराजित गरेको हो ।
युभेन्टसको जितमा एड्रीएन राबिओटले खेलको ३४औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यो जितपछि युभेन्टसको २२ खेलमा २९ अंक भएको छ र लिगमा नवौं स्थानमा रहेको छ । त्यस्तै फिओरेन्टिनाको २२ खेलमा २४ अंक छ र लिगमा १४औं स्थानमा रहेको छ ।




