समाचार

अल नासरको जितमा रोनाल्डोको चार गोल

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले अल नासरको लागि एकै खेलमा चार गोल गरेका छन् ।

गएराती सम्पन्न खेलमा अल वेहडाविरुद्धको खेलमा अल नासरका लागि रोनाल्डोले ४ गोल गरेका हुन् ।

अल नासरले अल वेहडालाई ४-० ले पराजति गरेको खेलमा सबै चार गोल रोनाल्डोले गरेका हुन् ।

उनले पहिलो हाफमा दुई र दोस्रो हाफमा दुई गोल गरेका हुन् ।

यो जितपछि अल नासरको १६ खेलमा ३७ अंक रहेको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ ।

योसँगै रोनाल्डोले विभिन्न लिगमा आफ्नो ५०० गोल पनि पुरा गरेका छन् ।

रोनाल्डोले साउदी प्रो लिगमा योसहित ३ खेलमा पाँच गोल गरेका छन् । यस अघि उनी खेलेका युभेन्टसबाट खेल्दै इटालियन सिरी ए मा ८१, रियल म्याड्रिडबाट खेल्दै स्पेनिस ला लिगामा ३११, म्यानचेस्टर युनाइटेडका दुवै पटकमा गरि प्रिमियर लिगमा १०३ गोल गरेका छन् भने स्पोर्टिंग सिपिबाट पोर्चुगीच लिगमा ३ गोल गरि सबै लिगमा ५०३ गोल गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *