समाचार

साफ यू–२० महिला फुटबल : नेपाल उपविजेतामा सीमित

काठमाडौं ।बंगलादेशमा भएको साफ यू–२० महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा नेपाल आयोजक बंगलादेशसँग पराजित हुँदै उपविजेता बनेको छ।

ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको फाइनल खेलमा नेपाल बंगलादेशसँग ३–० गोल अन्तरले पराजित हुँदैप्रतियोगितामा उपविजेता बनेको हो। बंगलादेश प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बन्यो।

बंलादेशको जितमा शाहिदा अक्टर रिपा, शामसुनाहर जुनियर र उन्नोती खातुनले समान एक एक गोल गरे। राउण्ड रोबिनको आधारमा भएको प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका हुन्।

प्रतियोगितामा विभिन्न चार राष्ट्र सहभागी थिए। प्रतियोगितामा भुटान र भारत भने यसअघि नै बाहिरिएको थियो। यसअघि भएको लिग चरणको पहिलो खेलमा पनि नेपाल बङ्गलादेशसँग ३–१ ले पराजित भएको थियो।

त्यस्तै नेपालले भुटानलाई ४–० र भारतलाई ३–१ गोलअन्तरले पराजित गरेको थियो । भारतसँग गोलरहित बराबर खेलेको बंगलादेशले भुटानलाई ५–० गोलअन्तरले पाखा लगाएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *