समाचार

हारपछि फ्रेन्च कपबाट बाहिरियो पिएसजी

काठमाडौँ । पिएसजी फ्रेन्च कपबाट बाहिरिएको छ । गएराती सम्पन्न राउण्ड १६ अन्तर्गतको खेलमा मार्सेलीले पिएसजीलाई २-१ गोल अन्तरले पराजित गरेपछि पिएसजी बाहिरिएको हो ।

मार्सेलीको जितमा एलेक्सिस सान्चेज र रुस्लान मालिनोभ्स्कीले एक एक गोल गरेका थिए ।

त्यस्तै पिएसजीका लागि सर्जियो रामोसले एक गोल गरेका थिए ।

यो जितपछि मार्सेली फ्रेन्च कपको क्वाटरफाइनलमा पुगेको छ भने पिएसजी बाहिरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *